निर्देशक बिरेन तितुङले पर्देशीको ब्यथालाई यसरी कथामा समेटे || Tungna Media

1 minute read
0

 

निर्देशक बिरेन तितुङले हाल सम्म धेरै म्युजिक भिडियोहरु बजारमा सार्बजनिक गरि सकेको छ । सार्बजनिक गरेको मध्य दर्शकले प्राय सबै मन पराइ दिनु भएको छ नै। त्यस्तै गरि अहिले बिरेनको निर्देनमा '' पर्देशी '' भिडियो पनि सार्बजनिक भइसकेको छ। 

यस  भिडियो मा भने पर्देशीको वास्तविक ब्यथालाई समेटिएर कथा वस्तुमा उतारीएका छन । निकै मनै छुने कथा लेख्नको लागी धेरै मेहेनत गरेको बताय निर्देशक बिरेनले '' भनेको जस्तै भिडियो पनि उतिकै मार्मिक बनेको छ। 

चर्चित गायिका अनु चौधरी र हस्त तामाङको स्वर रहेको गीतले पर्देशीन बाध्य युवाहरूको पीडा बोल्छ । गीतमा विवाहपछि परदेसिन बाध्य एक युवाको कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ निर्देशक बिरेनले ।
हस्त तामाङको आफ्नै शब्द र सङ्गीतमा रहेको गितमा विजय दोङ र रश्मीला तामाङको अभिनय रहेको छ । अनिल कुमार महर्जनले सम्पादन गरेको भिडियो एचजी मोशन पिक्चर्स नामक च्यानलबाट सार्वजनिक गरिएको हो ।

To Top